०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

आफ्नो जन्मदिनमा पत्रकार जिएमद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा सहयोग

Logo
प्रकाशित शुक्रबार, पुष २२, २०७९

(ABC-Sanchar) दाङ । आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएका सन्चारकर्मी दीपक जिएमले यस वर्षपनि वौद्धिक अपांगता भएका बालबालिकाहरुलाई न्यानो कपडा, मास्क र फ्रुटी सहयोग गरेका छन्।

चिसोबाट जोगाउन विद्यालयमा आवासीय रुपमा बस्दै आएका घोराही १४ बालमन्दिरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा सहयोग गरेका हुन् । विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई १५ वटा ब्ल्याङकेट र ६ थान डसना विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई हस्तान्तरण गरे। आफ्नो जन्म दिनको अवसरमा हरेक वर्ष विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आएकोमा यो पटक पनि थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । पत्रकार जिएमले घोराहीबाट संचालित राजमार्ग अनलाईन संचालन गर्दै आएका छन् ।

जन्मदिनको फजुल खर्च कटाएर बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार जिएमले गरेकाे सहयोग प्रति विद्यालय परिवार आभारी भएको प्रधानाध्यापक भण्डारीले बताए । मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाई रहेका राजमार्ग अनलाईनका प्रवन्धक तथा सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सह-सम्पादक समेत रहेकाे जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरेका हुन् ।

सो अवसरमा बिद्यालयका शिक्षक, दाङ निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका मगरलगायतको उपस्थिती रहेको थियो । बालमन्दिर आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरुले न्यानो कपडासँगै अरु सामान पाएपछि हर्षित भएका छन् । यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुढाले विगत ८ वर्षदेखी आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!