२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नागरिकको मन जित्न नागरिकमैत्री व्यवहार गर्न आईजीपी सिंहको निर्देशन

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज  प्रताप सिंहले प्रहरी कर्मचारीहरुले पीडितलाई न्याय दिने आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गरी उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताएका छन्।


आईजीपी धिरज प्रताप सिंहले नेपाल प्रहरी शिक्षालय चितवन, भरतपुरको अनुगमन , निरीक्षण तथा प्रहरी शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन्। महानिरीक्षक सिंहले अपराध अनुसन्धान तथा नियन्त्रणको क्रममा आइपर्ने चुनौतिसँग जुध्दै अपराधीसँग कठोर रुपमा प्रस्तुत हुनुपर्ने तर अनुसन्धानको क्रममा कार्यालयमा ल्याइएका व्यक्तिहरुप्रति सदैव असल र सम्मानजनक व्यवहार गर्नुपर्ने बताए। प्रहरी महानिरीक्षक सिंहले सबै प्रहरी कर्मचारीको मातृ संस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समुचित प्रयोगले नमुना हुन जरुरी रहेको साथै भोलीको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थी प्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शीता, प्रशिक्षार्थीहरूको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीहरूको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधी सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै प्रशिक्षण संस्थाहरू खोज अध्ययन गर्ने संस्था भएकोले यस शिक्षालयका निर्देशक लगायत समग्र टिमलाई तालिमलाई प्रभावकारी र समय-सापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा लाग्न निर्देशन दिनुभएको थियो ।

तालिम सञ्चालन पद्दतीलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकास लगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्वपूर्ण विषयलाई सम्बोधन गरिएको भर्खरै स्वीकृत भई लागू भएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९” मा आधारित रही प्रशिक्षण गतिविधीहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न समेत निर्देशन दिनुभएको थियो भने नेपाल प्रहरीमा विगत केही समयदेखी रोकिएको FPU Mission लाई पुनः निरन्तरता दिन Level II बाट Level III मा स्तरोन्नति गर्न संगठनले आवश्यक तयारी गरिरहेको कुरासमेत जानकारी गराउनुभएको थियो ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा पुगेर अनुगमन , निरीक्षण तथा निर्देशन सम्बोधन गरिदिनुभएकोमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हार्दिक धन्यवाद व्यक्त गर्नुको साथै सिमित स्रोत साधनका बिच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरि दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गरिएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धीकरण र सुढृडिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको र संगठन प्रमुखबाट भएको निर्देशनले प्रशिक्षण गतिविधी सञ्चालन गर्न थप हौसला प्राप्त भएको कुरा व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा निर्देशकले संगठन प्रमूखलाई नेपाल प्रहरी शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा समेत अवगत गराउनुभएको थियो । प्रहरी संगठन प्रमुख सहित आजको अनुगमन, निरीक्षण कार्यक्रममा बागमति प्रदेश प्रहरी कार्यालयकी प्रमूख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिती रहनुभएको कार्यक्रममा प्रशिक्षार्थीहरूको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, MI Room, लाइब्रेरी, लगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गर्नुभएको थियो भने शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतिकरण यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

error: Content is protected !!