१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

नागरिकको मन जित्न नागरिकमैत्री व्यवहार गर्न आईजीपी सिंहको निर्देशन

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज  प्रताप सिंहले प्रहरी कर्मचारीहरुले पीडितलाई न्याय दिने आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गरी उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताएका छन्।


आईजीपी धिरज प्रताप सिंहले नेपाल प्रहरी शिक्षालय चितवन, भरतपुरको अनुगमन , निरीक्षण तथा प्रहरी शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन्। महानिरीक्षक सिंहले अपराध अनुसन्धान तथा नियन्त्रणको क्रममा आइपर्ने चुनौतिसँग जुध्दै अपराधीसँग कठोर रुपमा प्रस्तुत हुनुपर्ने तर अनुसन्धानको क्रममा कार्यालयमा ल्याइएका व्यक्तिहरुप्रति सदैव असल र सम्मानजनक व्यवहार गर्नुपर्ने बताए। प्रहरी महानिरीक्षक सिंहले सबै प्रहरी कर्मचारीको मातृ संस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समुचित प्रयोगले नमुना हुन जरुरी रहेको साथै भोलीको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थी प्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शीता, प्रशिक्षार्थीहरूको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीहरूको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधी सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै प्रशिक्षण संस्थाहरू खोज अध्ययन गर्ने संस्था भएकोले यस शिक्षालयका निर्देशक लगायत समग्र टिमलाई तालिमलाई प्रभावकारी र समय-सापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा लाग्न निर्देशन दिनुभएको थियो ।

तालिम सञ्चालन पद्दतीलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकास लगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्वपूर्ण विषयलाई सम्बोधन गरिएको भर्खरै स्वीकृत भई लागू भएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९” मा आधारित रही प्रशिक्षण गतिविधीहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न समेत निर्देशन दिनुभएको थियो भने नेपाल प्रहरीमा विगत केही समयदेखी रोकिएको FPU Mission लाई पुनः निरन्तरता दिन Level II बाट Level III मा स्तरोन्नति गर्न संगठनले आवश्यक तयारी गरिरहेको कुरासमेत जानकारी गराउनुभएको थियो ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा पुगेर अनुगमन , निरीक्षण तथा निर्देशन सम्बोधन गरिदिनुभएकोमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हार्दिक धन्यवाद व्यक्त गर्नुको साथै सिमित स्रोत साधनका बिच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरि दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गरिएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धीकरण र सुढृडिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको र संगठन प्रमुखबाट भएको निर्देशनले प्रशिक्षण गतिविधी सञ्चालन गर्न थप हौसला प्राप्त भएको कुरा व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा निर्देशकले संगठन प्रमूखलाई नेपाल प्रहरी शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा समेत अवगत गराउनुभएको थियो । प्रहरी संगठन प्रमुख सहित आजको अनुगमन, निरीक्षण कार्यक्रममा बागमति प्रदेश प्रहरी कार्यालयकी प्रमूख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिती रहनुभएको कार्यक्रममा प्रशिक्षार्थीहरूको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, MI Room, लाइब्रेरी, लगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गर्नुभएको थियो भने शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतिकरण यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

error: Content is protected !!