०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

गृहमन्त्रीको निर्देशनपछि अवैध क्रसर उद्योग बन्द गर्न दाङ प्रहरीको निर्देशन

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९

ABC (क्राईमबिट)
दाङ । अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङले निर्देशन दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै त्यस्ता क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले अबैध क्रशरहरु बन्द गर्न सबैलाई लिखितरुपमा पत्राचार गरिएको बताए । उनले कानुन बिपरितक सबै क्रशर अब बन्द हुने बताए । दाङमा बालुवा धुने वासीङ मेसिनको नाममा अबैधरुपमा क्रशर मेसिन चल्ने गरेका छन । सडक, खोलाकै बिचमा धेरैजसो क्रशर सन्चालीत छन ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन गरिएको छ ।

यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु बन्द गर्न प्रशासनले व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

साथै प्रशासनले आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग/निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई सम्बन्धित कागजात प्रशासनमा पेश गर्न भनिएको छ । सूचना उल्लंघन गरे कारबाहीको चेतावनी दिइएको छ ।

केही दिनअघि देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले अवैध क्रस बन्दको निर्देशन दिएको थियो । धेरैजसोले आर्थिक चलखेल गरेर खोल्न दिइने गरेको भन्दै ब्याबहारिकरुपमा कार्यान्वयनमा आउन समस्या रहेको शंका ब्यक्त गरेका छन । बिगतमा पनि क्रशर बन्द गर्ने धम्कि दिएर पैसा उठाउने र पछि सन्चालन गर्न दिइएको गुनासाहरु सुनिन्छन । अबैध क्रसरमा संासद, राजनितिक दलका नेता, जनप्रतिनिधी, कर्मचारिहरुकै लगानी रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!