२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

केटी मिलाइदिने’ धन्दामा संलग्न ६ जना पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

ठमेल क्षेत्रमा बिचौलियाका रुपमा काम गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार ६ जनालाई पक्राउ गरेको हो ।नारायण कार्की, बिशेष थापा, दिपेश तामाङ, कृष्ण तामाङ, अर्जुन कटवाल र यज्ञराज जोशलिाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ठमेल घुम्न जानेहरुलाई केटी मिलाइने, डान्सक्लबमा जान फकाउने जस्तो गतिविधि गर्दै आएका थिए ।
पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । लैनचौर वृत्तले यस्ता विषयमा चासो नदिएपछि अपराध अनुसन्धान कार्यालयले अप्रेसन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!