२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

वरिष्ठ एसएसपी शाह जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण भ्रमणमा

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९


(महेन्द्र सिंह) बाँके । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शिद्धी बिक्रम शाहबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा भए/गरेको कार्य तथा योजनाको अनुगमन तथा निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विशेष गरी अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा हुने गरेका कमी कमजोरी तथा जनमुखी प्रहरी सेवा प्रवाह सम्बन्धमा अमूल्य निर्देशन दिनुभएको छ। साथै यस कार्यालयका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालज्युले बाँके जिल्लाको अपराध अवस्था तथा जिल्ला प्रहरी कार्यालय बाँके बाट अपराध अनुसन्धान तथा नियन्त्रणमा गरेका प्रयासहरूका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । यसै […]

काठमाडौं । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्। उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्। २६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति […]

error: Content is protected !!