२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुम्बिनी प्रदेश तालिम केन्द्रमा स्वास्थ्य शिविर २ दिवसीय कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९

ABC (क्राईमबिट) बुटवल । नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेबाट पाल्नु भएका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, Universal College Of Medical Sciences Teaching Hospital भैरहवा र क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिमसँगको सहकार्यमा मिति २०७९।०९।२५ र २६ गते यस लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा “स्वास्थ्य शिविर कार्यक्रम” सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ र तालुक नेपाल प्रहरी अस्पतालको संयुक्त रूपमा यस केन्द्रमा आयोजित २ दिवसीय स्वास्थ्य शिविर कार्यक्रम मिति २०७९।०९।२५ गते बाट सुरु भई आज २६ गते १६:०० बजेको समयमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुसुम लता सिंहको प्रमुख आतिथ्यतामा समापन भएको उक्त कार्यक्रममा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि. नल प्रसाद उपाध्याय ज्यूले धन्यवाद मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन यस केन्द्रका प्र.नि. नविन वलीले गर्नुभएको थियो । साथै उक्त समापन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि.नल प्रसाद उपाध्याय नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरू,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका प्र.व.उ राजेन्द्र सिंह खड्काज्यू, यस केन्द्रका समादेशक प्र.व.उ.बिनोद घिमिरेज्यू, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, नेपाल प्रहरी अस्पताल तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेबाट पाल्नु भएका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, Universal College Of Medical Sciences Teaching Hospital भैरहवा र क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, यस केन्द्र तथा स्थानीय प्रहरी कार्यालयका प्रहरी अधिकृत एवं जवानहरू, प्रहरीका परिवारजनहरू र यस केन्द्रमा प्रशिक्षणरत प्र.ज. आधारभूत तालिमका प्रशिक्षार्थीहरूलाई दांत सम्बन्धि, मृगौला सम्बन्धि, नाक,कान,घाँटी सम्बन्धि, जनरल फिजिसियन सम्बन्धि सेवा उपलब्ध रहेको थियो । ऊक्त स्वास्थ्य शिविर संचालन तथा व्यवस्थापन कार्यक्रममा सहयोग गर्नुहुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि.नल प्रसाद उपाध्याय ज्यू, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका प्र.व.उ राजेन्द्र सिंह खड्काज्यू, यस केन्द्र तथा यस केन्द्रका समादेश प्र.व.उ.बिनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, नेपाल प्रहरी अस्पताल तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेबाट पाल्नु भएका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, Universal College Of Medical Sciences Teaching Hospital भैरहवा र क्रिमशन अस्पताल मणिग्राम रूपन्देहीका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम समेत गरी जम्मा २९ जनालाई नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुसुम लता सिंह ज्यूबाट प्रशंसा पत्र वितरण गरिएको थियो । उक्त दुई दिवसीय स्वास्थ्य शिविरमा महिला ८९ र पुरूष २५५ गरी ३४४ जनाले सेवा लिनु भएको र बिरामीहरूलाई आवश्यकतानुसार ल्याव सुविधा र औषधि समेत नि:शुल्क वितरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]