३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

लुम्बिनी प्रदेश तालिम केन्द्रमा स्वास्थ्य शिविर २ दिवसीय कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९

ABC (क्राईमबिट) बुटवल । नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेबाट पाल्नु भएका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, Universal College Of Medical Sciences Teaching Hospital भैरहवा र क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिमसँगको सहकार्यमा मिति २०७९।०९।२५ र २६ गते यस लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा “स्वास्थ्य शिविर कार्यक्रम” सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ र तालुक नेपाल प्रहरी अस्पतालको संयुक्त रूपमा यस केन्द्रमा आयोजित २ दिवसीय स्वास्थ्य शिविर कार्यक्रम मिति २०७९।०९।२५ गते बाट सुरु भई आज २६ गते १६:०० बजेको समयमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुसुम लता सिंहको प्रमुख आतिथ्यतामा समापन भएको उक्त कार्यक्रममा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि. नल प्रसाद उपाध्याय ज्यूले धन्यवाद मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन यस केन्द्रका प्र.नि. नविन वलीले गर्नुभएको थियो । साथै उक्त समापन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि.नल प्रसाद उपाध्याय नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरू,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका प्र.व.उ राजेन्द्र सिंह खड्काज्यू, यस केन्द्रका समादेशक प्र.व.उ.बिनोद घिमिरेज्यू, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, नेपाल प्रहरी अस्पताल तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेबाट पाल्नु भएका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, Universal College Of Medical Sciences Teaching Hospital भैरहवा र क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, यस केन्द्र तथा स्थानीय प्रहरी कार्यालयका प्रहरी अधिकृत एवं जवानहरू, प्रहरीका परिवारजनहरू र यस केन्द्रमा प्रशिक्षणरत प्र.ज. आधारभूत तालिमका प्रशिक्षार्थीहरूलाई दांत सम्बन्धि, मृगौला सम्बन्धि, नाक,कान,घाँटी सम्बन्धि, जनरल फिजिसियन सम्बन्धि सेवा उपलब्ध रहेको थियो । ऊक्त स्वास्थ्य शिविर संचालन तथा व्यवस्थापन कार्यक्रममा सहयोग गर्नुहुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि.नल प्रसाद उपाध्याय ज्यू, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका प्र.व.उ राजेन्द्र सिंह खड्काज्यू, यस केन्द्र तथा यस केन्द्रका समादेश प्र.व.उ.बिनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, नेपाल प्रहरी अस्पताल तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेबाट पाल्नु भएका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम, Universal College Of Medical Sciences Teaching Hospital भैरहवा र क्रिमशन अस्पताल मणिग्राम रूपन्देहीका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिम समेत गरी जम्मा २९ जनालाई नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुसुम लता सिंह ज्यूबाट प्रशंसा पत्र वितरण गरिएको थियो । उक्त दुई दिवसीय स्वास्थ्य शिविरमा महिला ८९ र पुरूष २५५ गरी ३४४ जनाले सेवा लिनु भएको र बिरामीहरूलाई आवश्यकतानुसार ल्याव सुविधा र औषधि समेत नि:शुल्क वितरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

error: Content is protected !!