३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

प्रहरीको एआइजी बढुवामा गृहमन्त्री रवि लामिछानेको अग्निपरीक्षा

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । राजनीतिक संक्रमणका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा रोकिएको सरुवा–बढुवा यो साताबाट अघि बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिमण्डल विस्तार हुने र रोकिएका कामहरू अघि बढाउन लागिएको छ । प्रचण्डले आज मंगलबार विश्वासको मत लिँदै छन् ।

नेपाल प्रहरीमा एआइजीका चार तथा सशस्त्र प्रहरीमा डिआइजीका चार दरबन्दी लामो समयदेखि रिक्त छ । चुनावअघि नै ती पद रिक्त रहेकोमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गर्न खोजेका थिए । तर, चुनावपछि आफैं सत्ताबाट हटेपछि उनको योजना तुहियो ।

नयाँ सरकार बनेको दुई साता भइसकेको छ । तर, सरकारले विश्वासको मत नपाएकाले यी विषयमा सत्तारुढ दलहरूबीच छलफल हुन सकेको छैन । प्रहरीमा सबैभन्दा चासो एआइजी बढुवामै छ । अहिले एआइजी बढुवाले नै भावी आइजिपीको भविष्य तय गर्ने भएकाले बढुवामा तिव्र चलखेल छ ।

एआइजीका चार पदमा डेढ दर्जन डिआजीबीच प्रतिस्पर्धा छ । पुरानो ब्याचका तीन डिआइजी कार्यसम्पादनमा पनि कमजोर रहेकाले उनीहरू बढुवामा पर्ने सम्भावना छैन । नयाँ ब्याचबाट बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, उमेशराज जोशी, भिम ढकाल, मिरा चौधरी, रामदत्त जोशी, दुर्गा सिंह, किरण राणा, सुदीप गिरीबीच मुख्य प्रतिस्पर्धा हुने छ । अहिले बढुवा हुने चारजना मध्येबाट एकजना आइजिपी हुनेछन् ।

१ नम्बरमा बढुवा भएका कुँवर विगतमा नेपाली कांग्रेससँगको निकटताका आधारमा अगाडि तानिएकाले अहिले उनलाई समस्या छ । दोस्रो नम्बरका टेकप्रसाद राईको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता भएकाले उनी ढुक्क देखिएका छन्

विगतमा चलखेलकै आधारमा तेस्रो नम्बरमा तानिएका अशोक सिंह प्रचण्ड र ओली निकटस्थलाई मनाउने प्रयासमा छन् । चौथो नम्बरका दीपक थापाको पनि एमाले नेतासँग राम्रो सम्बन्ध भएकाले उनी बढुवामा पर्ने सम्भावना देखिन्छ । त्यस्तै, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, भिम ढकालको पनि एमाले नेताहरूसँग निकटता छ ।

डिआइजीबाट एआइजी बढुवा गृहसचिव नेतृत्वको समितिले गर्छ । जसकारण यसमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष भूमिका हुन्छ । प्रहरी प्रशासनमा सुधार्न लागिपरेका उनले कार्यक्षमतालाई बढुवामा कत्तिको स्थान दिन्छन् उनको लागि पनि यो पहिलो अग्नीपरीक्षा बन्नेछ ।

त्यस्तै, प्रहरीमा इन्सपेक्टरदेखि डिआइजीसम्मको सरुवाको पनि तयारी भइरहेको छ । गृहबाटै ग्रिनसिग्नल नपाउँदा सरुवा रोकिएकोमा अघि बढाउन लागिएको छ । सशस्त्र प्रहरीमा पनि डिआइजीमा बढुवा तथा गणपति र गुल्मपतिको सरुवा हुन लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

error: Content is protected !!