२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रहरीको एआइजी बढुवामा गृहमन्त्री रवि लामिछानेको अग्निपरीक्षा

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । राजनीतिक संक्रमणका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा रोकिएको सरुवा–बढुवा यो साताबाट अघि बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिमण्डल विस्तार हुने र रोकिएका कामहरू अघि बढाउन लागिएको छ । प्रचण्डले आज मंगलबार विश्वासको मत लिँदै छन् ।

नेपाल प्रहरीमा एआइजीका चार तथा सशस्त्र प्रहरीमा डिआइजीका चार दरबन्दी लामो समयदेखि रिक्त छ । चुनावअघि नै ती पद रिक्त रहेकोमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गर्न खोजेका थिए । तर, चुनावपछि आफैं सत्ताबाट हटेपछि उनको योजना तुहियो ।

नयाँ सरकार बनेको दुई साता भइसकेको छ । तर, सरकारले विश्वासको मत नपाएकाले यी विषयमा सत्तारुढ दलहरूबीच छलफल हुन सकेको छैन । प्रहरीमा सबैभन्दा चासो एआइजी बढुवामै छ । अहिले एआइजी बढुवाले नै भावी आइजिपीको भविष्य तय गर्ने भएकाले बढुवामा तिव्र चलखेल छ ।

एआइजीका चार पदमा डेढ दर्जन डिआजीबीच प्रतिस्पर्धा छ । पुरानो ब्याचका तीन डिआइजी कार्यसम्पादनमा पनि कमजोर रहेकाले उनीहरू बढुवामा पर्ने सम्भावना छैन । नयाँ ब्याचबाट बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, उमेशराज जोशी, भिम ढकाल, मिरा चौधरी, रामदत्त जोशी, दुर्गा सिंह, किरण राणा, सुदीप गिरीबीच मुख्य प्रतिस्पर्धा हुने छ । अहिले बढुवा हुने चारजना मध्येबाट एकजना आइजिपी हुनेछन् ।

१ नम्बरमा बढुवा भएका कुँवर विगतमा नेपाली कांग्रेससँगको निकटताका आधारमा अगाडि तानिएकाले अहिले उनलाई समस्या छ । दोस्रो नम्बरका टेकप्रसाद राईको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता भएकाले उनी ढुक्क देखिएका छन्

विगतमा चलखेलकै आधारमा तेस्रो नम्बरमा तानिएका अशोक सिंह प्रचण्ड र ओली निकटस्थलाई मनाउने प्रयासमा छन् । चौथो नम्बरका दीपक थापाको पनि एमाले नेतासँग राम्रो सम्बन्ध भएकाले उनी बढुवामा पर्ने सम्भावना देखिन्छ । त्यस्तै, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, भिम ढकालको पनि एमाले नेताहरूसँग निकटता छ ।

डिआइजीबाट एआइजी बढुवा गृहसचिव नेतृत्वको समितिले गर्छ । जसकारण यसमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष भूमिका हुन्छ । प्रहरी प्रशासनमा सुधार्न लागिपरेका उनले कार्यक्षमतालाई बढुवामा कत्तिको स्थान दिन्छन् उनको लागि पनि यो पहिलो अग्नीपरीक्षा बन्नेछ ।

त्यस्तै, प्रहरीमा इन्सपेक्टरदेखि डिआइजीसम्मको सरुवाको पनि तयारी भइरहेको छ । गृहबाटै ग्रिनसिग्नल नपाउँदा सरुवा रोकिएकोमा अघि बढाउन लागिएको छ । सशस्त्र प्रहरीमा पनि डिआइजीमा बढुवा तथा गणपति र गुल्मपतिको सरुवा हुन लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।