३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

घरायसी विवादमा श्रीमतीको हत्या

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

गएराति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि […]

काठमाडौं । ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.१६ कोणवहाल स्थित प्रेम महर्जनको घरको तेश्रो तल्लामा प्रेम महर्जन समेत निम्न ११ जना मानिसहरुले जुवा (कौडा) खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा तत्काल यस कार्यालयवाट प्रहरी टोली खटी गई उक्त स्थानमा रितपुर्वक खानतलासी गर्दा आ-आफ्नो अगाडी रकम राखी रकमको हारजित हुने गरी जुवा (कौडा) खेली रहेको अवस्थामा फेला […]

काठमाडौं । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिरियाको आन्तरिक मन्त्रालयका अनुसार झडपमा सय जना मानिस घाइते भएका छन् । तर मानवअधिकार समूहले भने झडपमा परेर कम्तीमा ३७ जना मरेको बताएको छ । गएको डिसेम्बरमा असदको शासन पतन भएयता देशभरमा […]

error: Content is protected !!