२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

काठमाडौं । भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय भएको छ । लाइसेन्स वितरणमा अनियमितता गरेको मुद्दामा बिशेष अदालतले दोषी ठहर गरेको छ ।  तत्कालिन डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रलाई कैद सजाय भएको छ । उनीहरु उपत्यका ट्राफिकमा रहँदा
सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाम फेरबदल गरेको अभियोग थियो । दुवैलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । त्यस्तै एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयका प्रमुख आनन्दकेशरी पोखरेललाई ८ महिना कैद र ९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । उनले लाइसेन्सको ट्रायलमा फेल भएका तथा अनुपस्थित रहेकाहरुलाई पास गराएको, फेल भएको तीन महिना नपुग्दै पुनः ट्रायलमा समावेश गराएको तथा नयाँ लाइसेन्स बाँड्दा सरकारी राजस्व रकम समेत लिएका थिएनन् ।

शाखा अधिकृत राममणि पोखरेलका साथै शाखा अधिकृतहरु शम्भुप्रसाद थपलिाय र ईश्वरराज रेग्मीलाई ४÷४ महिना कैद र जनही ६ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । राजस्व चुहावट गरी राज्यलाई नोक्सान पु¥याएको तथा भ्रष्टााचार गरेको भन्दै विशेषमा ८ मंसिर २०७६ मा मुद्दा दायर भएको थियो ।

त्यस्तै लाइसेन्समै अनियमितता मुद्दामा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठलाई ५ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ पुस २०७६ मा उनीविरुद्ध दर्ता गराएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलमा परीक्षाको परिणाममा फेरबदल गरी उपसचिव पोखरेल र इन्सपेक्टर श्रेष्ठले मिलेमतोमा ७१ जनालाई उत्तीर्ण गराएको र लाइसेन्स दिएको आरोप उनीहरुमाथि थियो ।
दोषी ठहर भएका डिएसपी र इन्सपेक्टरहरु यसअघि नै निलम्बनमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]