३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

काठमाडौं । भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय भएको छ । लाइसेन्स वितरणमा अनियमितता गरेको मुद्दामा बिशेष अदालतले दोषी ठहर गरेको छ ।  तत्कालिन डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रलाई कैद सजाय भएको छ । उनीहरु उपत्यका ट्राफिकमा रहँदा
सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाम फेरबदल गरेको अभियोग थियो । दुवैलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । त्यस्तै एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयका प्रमुख आनन्दकेशरी पोखरेललाई ८ महिना कैद र ९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । उनले लाइसेन्सको ट्रायलमा फेल भएका तथा अनुपस्थित रहेकाहरुलाई पास गराएको, फेल भएको तीन महिना नपुग्दै पुनः ट्रायलमा समावेश गराएको तथा नयाँ लाइसेन्स बाँड्दा सरकारी राजस्व रकम समेत लिएका थिएनन् ।

शाखा अधिकृत राममणि पोखरेलका साथै शाखा अधिकृतहरु शम्भुप्रसाद थपलिाय र ईश्वरराज रेग्मीलाई ४÷४ महिना कैद र जनही ६ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । राजस्व चुहावट गरी राज्यलाई नोक्सान पु¥याएको तथा भ्रष्टााचार गरेको भन्दै विशेषमा ८ मंसिर २०७६ मा मुद्दा दायर भएको थियो ।

त्यस्तै लाइसेन्समै अनियमितता मुद्दामा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठलाई ५ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ पुस २०७६ मा उनीविरुद्ध दर्ता गराएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलमा परीक्षाको परिणाममा फेरबदल गरी उपसचिव पोखरेल र इन्सपेक्टर श्रेष्ठले मिलेमतोमा ७१ जनालाई उत्तीर्ण गराएको र लाइसेन्स दिएको आरोप उनीहरुमाथि थियो ।
दोषी ठहर भएका डिएसपी र इन्सपेक्टरहरु यसअघि नै निलम्बनमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

  काठमाडौं । कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत […]

काठमाडौं । कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन। केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही […]

error: Content is protected !!