२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१७ (डीआईजी)हरूको काज सरुवा लुम्बिनी प्रदेशमा टेक राई

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो।

काज सरुवाअनुसार सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्।

काज सरुवा हुनेमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईसमेत छन्। उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर, दाङमा काज खटाइएको छ।

यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन्। कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन्।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन्। अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन्। गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन्।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए। विमानस्थलमा किरण राणा खटाइएकी छन्। विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन्। यस्तै दुर्गा सिंहलाई भरतपुर शिक्षालय पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।