२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीको एआइजी बढुवा तत्काल नहुने गृह मन्त्रालयल

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

ABC (क्राईमबिट) काठमाडौं । डिआइजीहरु बढुवाको दौडधुपमा रहेका बेला गृह मन्त्रालयले उनीहरुको सरुवा गरेको छ । एआइजी बढुवाका प्रमुख दाबेदारहरुलाई गृहले प्रदेश इन्चार्जमा खटाएको छ ।

गृहले बिहीबार १७ डिआइजीको काज सरुवा गरेको छ । सरुवामा सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । जसअनुसार डिआजीमा पहिलो नम्बरमा रहेका बसन्त कुँवरलाई मधेस प्रदेश, दोस्रो नम्बरका टेकप्रसाद राईलाई लुम्बिनी, तेस्रो नम्बरका अशोक सिंहलाई सुदुरपश्चिम चौथो नम्बरका दीपक थापालाई बागमती र पाँचौ नम्बरका श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।

त्यस्तै, गण्डकीमा बुद्धिराज गुरुङ र कर्णालीमा भिम प्रसाद ढकालको सरुवा भएको छ ।
त्यस्तै बिशेष ब्यूरोमा सुदीप गिरी, भरतपुर तालिम केन्द्रमा दुर्गा सिंह, र एयरपोर्टमा किरण राणलाई पठाइएको छ ।

हाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त छन् । रिक्त दरबन्दीमा तत्काल बढुवा हुने सम्भावना नभएकाले उनीहरुलाई प्रदेशमा खटाएर कार्यसम्पादन मूल्याङकन गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]