२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

गृहमन्त्री लामिछाको विरुद्धमा नारावाजी, प्रहरीसंगको झडपमा वडा सदस्यको हात भाँचियो

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९


ABC (क्राईमबिट))
काठमाडौं । शंकरापुरमा अमेरिकी एमसीसी सम्झौता र दमनमा उत्रिएको भन्दै गृहमन्त्री रवि लामिछाने विरुद्ध स्थानीयले नारावाजी गरेका छन्।

विगत केहिदिन देखि उनीहरुले आन्दोलन गर्दै आएका छन्।

यसैबीच, आज प्रहरीले दमन गर्दा वडा सदस्यको हात भाँचिएको छ। घाइते हुनेमा शंखरापुर नगरपालिका–३ का वडा सदस्य विजय लामा छन्।

प्रहरीसँगको झडपमा आज उनको हात भाँचिएको हो। शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा एमसीसीले निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!