२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले मोबाइल चोरी नियन्त्रण गर्न विशेष टोली परिचालन ब्यापारीसंग एसपी वलीको छलफल

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९


(सागर थापा)
दाङ । मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएपछी । यसैबीच दाङ प्रहरीले मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने भएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले चोरी लुटपाट नियन्त्रण गर्ने, हराएको मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि टोली परिचालन हुने जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा  शाखा प्रमुख प्रहरी निरीक्षक सन्जिब बेल्बासेको नेतृत्वमा रहने टोलीले हराएका मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने कार्यलाई जोड दिनेछ।

कार्यक्रममा मोबाईल चोरी र चोरीका मोबाईल प्रयोग नियन्त्रण सम्बन्धमा दाङका मोबाइल पसल संचालकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्वसाधारणका चोरी भएका,हराएका मोबाइल दाङ प्रहरी कार्यालयमा उजुरी परेको थियो । जसमध्ये प्रहरीले हराएका केही मोबाइलहरु पत्ता लगाएर सम्बन्धित धनीलाई बुझाएको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]