२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं ठमेलबाट अपहरण गरी फिरौती लिने ३ जना पाकिस्तानी पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

ABC (क्राईमबिट) काठमाडौं । एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भन्दै पाकिस्तानबाट काठमाडौं बोलाएर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई निजहरुले ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।

उनीहरुले बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भन्दै होटलबाट ट्याक्सीमा राखेर पुस २४ गते दिउँसो साढे २ बजेको समयमा बुढानीलकण्ठस्थित भाडाको घरमा पु¥याएर निजको आँखामा पट्टी तथा हातखुट्टासमेत बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार आरोपित तीनै जनाले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए । ३० घण्टापछि पीडितलाई फेरि आफ्नो भाइलाई म्यासेजमार्फत आफू क्यानाडाको इमिग्रेसनमा रोकिएको र पैसा बुझाएमात्र प्रवेश दिन्छ भनेर पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम लिन सफल भएका थिए ।

रकम लिइसकेपछि निजहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति अन्दाजी साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीको भनाइ छ । निजहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।