२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङको बाह्रकुने दह लगयत मेलालाई मध्यनजर गर्दै विशेष सुरक्षा लागू एसपी:वली

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९

 (सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको कमान्डमा जिल्लाभर खटिने प्रहरी टोलीले पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दह र लमही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार मन्दिर मेलामा माघे सन्क्रान्तीको दिनमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुमा र राजमार्ग सडकहरुमा समेत २४ औ घन्टा मोबाइल गस्ती समेत परिचालन गर्ने एसपी वलीले बताए नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतको नेतृत्वमा ९ सय जनाको प्रहरी टोलि समेत परिचालन गरिएको छ । घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस ३० गते देखि नै विशेष टोलि परिचालन गर्ने दाङ प्रहरीले जनाएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरी प्रमुख एसपी वलीले बताए । जिल्लाभर साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । माघी चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलापहरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत निगरानी र मापसे चेकिङ्ग बेथर लाइजर सहित दाङ जिल्ला ट्राफिक प्रहरीसहित कार्वाही गर्ने दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।