२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

डुवानको समस्या समाधान गर्न सांसद चौधरीको चासो

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९


नवलपरासी, १ माघ । पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षोनि हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी संघीय सांसद विनोद चौधरीले जनसमुदाय माझ पुगेर छलफल अघि बढाउनुभएको हो ।
आज सांसद चौधरी पश्चिम नलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न. ६ रामपुरखडैना पुगेर त्यहांका जनता संग छलफल गरी यस क्षेत्रमा बर्षोनी हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी छलफल गर्नुभएको हो ।
पश्चिम नवलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न. ४ , ५ ६ र ७ यसैगरी प्रतापपुर र पाल्हीनन्दन गाउंपालिकाको विभिन्न वडाहरुमा बर्षौनि डुवानको समस्या रहदै आएको छ ।
बिशेष गरी बर्षातको समयमा जिल्लामा रहेको झरही खोलामा तिब्र गतीमा पानी आउदा धनेवा नदीको पानी रोकिन पुग्दा यस क्षेत्रका डुवान तथा बाढीको समस्याका कारण बर्षोनी यस क्षेत्रमा करिव एक हजार दुई सय विगाहा क्षेत्रफलमा लगायतको धान वालीमा नोक्सानी हुदै आएको छ ।
जनता माझं पुगेर सांसद चौधरीले आफुले यस क्षेत्रको बाढी तथा डुवानको दिर्घकालीन समस्या समाधान गर्न प्रदेश तथा संघीय सरकार साथै अन्य निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न आफु समेत प्रतिबद्ध रहेको जानकारी दिनुभयो । तस्विर संलग्न छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!