२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङ प्रहरी प्रमुख कवाड ब्यबसायीहरुसंग छलफलमा चोरीका सामानहरु किनबेच नगर्न अनुरोध

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा एक कार्यक्रमको आयोजना तथा दाङ जिल्ला अन्तरगत तुलसीपुर, घोराही, लमही, गढवा, सिसहनिया, बिजौरी, नारायणपुर लगाएत क्षेत्रमा संचालित कवाड ब्यबसायीहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय सवारी साधनको पाटपुर्जा, घरायसी हातहतियार तथा अन्य धातुवाट निर्मित सामाग्रीहरु चोरी गरी कवाडमा बिक्रि बितरण भई रहेको पाईएकोले त्यसलाई नियन्त्रण गर्ने उदेश्यका साथ कवाड ब्यबसायीहरुलाई चोरीका सामानहरु किनबेच नगर्न, दररेट(खरिद र बिक्री मुल्य) सबैले देख्ने स्थानमा राख्न, सामान किन्दा वा बेच्दा अनिवार्य भरपाई बनाउन, कवाड संकलन कर्ताहरुले समितिले तोकेको पोशाक लगाउन, ब्यबसाय दर्ता प्रमाण पत्र देखिने स्थानमा राख्न, कवाड संकलन कर्तालाई परिचय पत्र उपलब्ध गराउन, कवाड संकलन कर्ताहरुको अभिलेख राख्न र चोरीको भएको सामाग्री बिक्री गर्न ल्याएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट उक्त बिषयमा कडाई गर्ने र गैह्र कानुनी गतिबिधिहरु नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।