२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

दाङ प्रहरी प्रमुख कवाड ब्यबसायीहरुसंग छलफलमा चोरीका सामानहरु किनबेच नगर्न अनुरोध

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा एक कार्यक्रमको आयोजना तथा दाङ जिल्ला अन्तरगत तुलसीपुर, घोराही, लमही, गढवा, सिसहनिया, बिजौरी, नारायणपुर लगाएत क्षेत्रमा संचालित कवाड ब्यबसायीहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय सवारी साधनको पाटपुर्जा, घरायसी हातहतियार तथा अन्य धातुवाट निर्मित सामाग्रीहरु चोरी गरी कवाडमा बिक्रि बितरण भई रहेको पाईएकोले त्यसलाई नियन्त्रण गर्ने उदेश्यका साथ कवाड ब्यबसायीहरुलाई चोरीका सामानहरु किनबेच नगर्न, दररेट(खरिद र बिक्री मुल्य) सबैले देख्ने स्थानमा राख्न, सामान किन्दा वा बेच्दा अनिवार्य भरपाई बनाउन, कवाड संकलन कर्ताहरुले समितिले तोकेको पोशाक लगाउन, ब्यबसाय दर्ता प्रमाण पत्र देखिने स्थानमा राख्न, कवाड संकलन कर्तालाई परिचय पत्र उपलब्ध गराउन, कवाड संकलन कर्ताहरुको अभिलेख राख्न र चोरीको भएको सामाग्री बिक्री गर्न ल्याएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट उक्त बिषयमा कडाई गर्ने र गैह्र कानुनी गतिबिधिहरु नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो । साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक […]

  गाजा । क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

error: Content is protected !!