२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङ प्रहरी वर्कसव ब्यबसायीहरुसंग छलफलमा बिलबुक चेकगरी मर्मत गर्न अनुरोध

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९

(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा एक कार्यक्रमको आयोजना जिल्लामा घोराही, लमही, भालुबाङ, गढवा क्षेत्रमा संचालित वर्कसप ब्यबसायीहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय बढ्दै गई रहेको सवारी साधन चोरी तथा सवारी दुर्घटना नियन्त्रण गर्ने उदेश्यका साथ वर्कसप ब्यबसायीहरुलाई सवारी साधन मर्मत गर्दा बिलबुक चेक गरी सम्बन्धित ब्यक्तीको को होईन एकिन गर्न, दुर्घटना परेको सवारी साधन भए प्रहरीलाई तत्काल जानकारी गराउन, दर्ता गरेर मात्र वर्कसप संचालन गर्न, आफूखुशी सवारी साधनहरु किनबेच नगर्न, सवारी साधनहरु मोडिफाई नगर्न, सवारी साधन मर्मत गर्दा तथा हावा भर्ने जस्ता सामान्य कामको लागी वर्कसपमा आएका सवारी चालक तथा सवारी साधनको बिबरण राख्न र चोरीको सवारी साधन भएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट उक्त बिषयमा कडाई गर्ने र गैह्र कानुनी गतिबिधिहरु नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!