२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

ट्राफिक प्रमुख झबिन्द्रको पहलमा विभिन्न दाताको सहयोगमा कार्यालय भित्र (पिच)

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९

 (सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय प्राङ्गण बिना बजेट विभिन्न जिन्सी सामान सहयोगमा ७०० बर्ग मिटर पिच भएको छ । वर्षायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुँदा सेवा ग्राहीको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग दाता पिके निर्माण सेवा,प्रवीण भण्डारी,सुरेश पोख्रेलको मेसिनरी सहयोगमा कालोपत्रे कार्य सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनु भयो । त्यस्तै सो कार्यालयको प्राङ्गणलाई पिच गर्न इन्जिनियरसंग स्टिमेट गराउन जाँदा कुल १२ लाख बजेट लाग्ने बताएपछि,दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले विभिन्न सहयोगी दाताको जिन्सी सहयोग संकलन गरि उक्त कार्यालयको प्राङ्गणलाई कालोपत्रे गरिएको बताउनु भयो । उक्त जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसर भित्रमा ट्राफिक प्रहरी निरीक्षक परियारको पहलमा धेरै यसैगरी विभिन्न सहयोगी दाताको जिन्सी सहयोगमा दुर्गा भगवती मन्दिर निर्माण गर्नु भएको छ । यस अर्थमा कुनैपनि निकायमा कार्यरत रहदा गरे के हुन्न र भन्ने नमूना उदाहरण देख्न दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले देखाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।