२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

साउदीमा सुतेको अबस्थामा एक नेपाली कामदारको निधन

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९

(ABC-Sanchar) दम्माम । साउदी अरब वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत एक नेपाली श्रमिकको सुतेको अबस्थामा मृत्यु भएको छ।

साउदी प्रतिष्ठित एक कम्पनीमा कार्यरत राहदानी नम्बर PA0644950 बाहक मोरङको पथरी ,शनिचरे-६का धन बहादुर तामाङको सुतेको अबस्थामा साउदीको यम्बुमा मृत्यु भएको नेपाली साझा मंच,देशको लागि केहि गरौं ,राष्ट्रिय समिति साउदीका संयोजक अकल प्रधानले पिटि अनलाईनलाई जानकारी दिए।

मृतक तामाङ शनिबार ड्युटी गरी खाना खाईओरी सुतेको थिए ,आइतबार बिहान ड्युटी जाने समय कोठा नखोलेपछी साथीहरुले कम्पनीको रोहवरमा कोठा खोली हेर्दा मृत्यु भएको अबस्थामा पाएको उनको साथीले जानकारी दिए।

लामो समय देखि सुगरको बिरामी रहेको ३८ बर्षीय तामाङले सुगरको इन्सुलिन लिदै आईरहेको थियो।उनी नेपालबाट आउनेक्रम दम्माम एयरपोर्टमा बेहोस भइ अस्पताल भर्ना भएका थिए ।

आफुले तामाङ कार्यरत कम्पनी र जेद्वा स्थित दूतावासमा समन्वय गरेर शव छिटै नै स्वदेश पठाउन पहल गरिरहेको बताउदै कम्पनीबाट मृतक तामाङले पाउने सेवा सुविधा, तलब र सहयोग लगायत बिषयमा कम्पनीको एच आर म्यानेजर संग समन्वय गरिरहेको र उनको मेडिकल रिपोर्ट आउन बाकी रहेको रिपोर्ट आएपछि काम हुने कम्पनीको एचआर म्यानेजरले बताएको संयोजक प्रधानले बताए ।

विगत ६ बर्ष साउदीमा कार्यरत तामाङ कोरोना महामारीमा नेपालमा रोकिएको थियोे ,लामो समयपछिको प्रयास पुन: रोजगारीमा भर्ना भएको तामाङ छुट्टी जान २ महिना बाकी रहेको अबस्थामा मरुभूमिमा अस्ताएका छन् ।

निम्न आर्थिक अबस्थाको तामाङ पारिवारिक आर्थिक अबस्था सुधार्न भनेर रोजगारी सिलसिलामा साउदी आएका थिए। उनीनै साउदीमा अस्ताए पछि उनको परिवार शोकमा डुबेको छन् । साउदीमा प्राय : नेपाली श्रमिकहरु आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै खानापानमा ध्यान नदिदा मृत्युवरण गर्नु परेको तितो यथार्थ रहेको छ। नेपाली श्रमिकहरु खैनी तम्बाकु लगायत खजुरबोटे भनिने मादक पदार्थ सेवन गर्ने गर्दा स्वास्थ्यमा समस्या साथै अकालमा मृत्युवरण गर्ने गरेको पाएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।