२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीसँग सेटिङ मिलाएर छुटाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९

प्रहरीसँग सेटिङ मिलाएर छुटाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ घर भएका हिराकाजी श्रेष्ठलाई ठगी गर्ने मकवानपुर बागमती गाउँपालिका ६ का खड्क बहादुर विश्वकर्मालाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।हिराकाजीका छोरा गंगालाल श्रेष्ठ बैंकिङ कसुर मुद्दामा थुनामा रहेकोमा उनलाई छुटाइदिने आश्वासनमा विश्वकर्माले पैसा असुलेका हुन् । उनले पटक पटक गरेर १० लाख १९ हजार रुपैयाँ लिएको जिप्रका काभ्रेले जनाएको छ । प्रहरी र अदालतमा सेटिङ मिलाउन भन्दै उनले सो रकम लिएका थिए । अभियुक्त विश्वकर्माविरुद्ध ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।