११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

१ नम्बर प्रदेश प्रमुखको जिम्मेवारी पाउनु भएका डिआईजी ज्ञवाली अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई भए

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९


(सागर थापा )
काठमाडौं । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तर गृह मन्त्रालय मिति २०७९/०९/२९ गतेको निर्णय अनुसार साविक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौंबाट १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर मोरङ सरुवा हुनु भएका यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरीक्षक डिआईजी श्यामलाल ज्ञवालीलाई एक कार्यक्रम समारोहको बीच बिदाई गरिएको छ ।
बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक डिआईजी ज्ञवालीले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ एवं प्रभावकारी रुपमा प्रहरी परिचालन गरी संगठनको हकहितका लागि केन्द्रित भई काम गर्नुका साथै व्यवसायिक तथा सक्षमताका साथ कार्य सम्पादन गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
धन्यवाद मन्तव्य व्यक्त गर्दै यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी.ले यस कार्यालयको तर्फबाट “मायाको चिनो” प्रदान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

error: Content is protected !!