२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

मन्त्रीको लोभमा नीति र सिद्धान्त बन्धकी राखेर राप्रपा सरकारमा गयो : कमल थापा

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

(ABC-Sanchar) हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने बताएका छन् । आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे। ‘स्वाभिमान पूर्वक पार्टी उठाउँछौँ’ थापाले भने ‘निर्वाचनमा ठुलो अपेक्षा थिएन , तर पनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरता पूर्वक लिएका छाै‌ । ‘

राप्रपा नेपालको औतित्य र महत्त्व अझै बढेर चर्चा गर्दै थापाले ‘हामीलाई सरकारमा गएर गल्ती गर्‍यो ,गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरू आज कता छन्’ भनी प्रश्न गरे । हामीले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपुर्बक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निवारण हुने समेत उनले विश्वास व्यक्त गरे ।

आज आफूहरूले कठिन बाटो रोजेको भन्दै उनले पटक पटक अग्नि परीक्षा पार गरेको मान्छेलाई लाञ्छना लगाई चरित्र हत्या गरेकोमा गुनासो समेत गरे। राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने, सत्तामा नजाने अब सिद्धान्त केन्द्रित राजनीति गर्छौ भन्नेहरू हिन्द राष्ट्र र राजसंस्थाको एजेन्डालाई ‘डिपफ्रीज’मा राखेर सत्ता रोहण गरेको समेत आरोप लगाए ।

राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो भन्दै उनले महाधिवेशनले पास गरेको नीति विपरित राप्रपा सत्तामा गएको बताए । ‘विपरीत स्वार्थमा हिँडेको शक्तिहरूको विचित्रको ‘उटरुपि’ गठबन्धन बन्यो, राजा फाल्ने ,राजा चाहियो भन्ने, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठुलो ठुलो भ्रष्टाचारमा गासिएकोहरुको गठबन्धन उदेकलाग्दो छ’, उनले भने ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल र यसको नेतृत्वलाई समाप्त पार्छौ भन्नेको सपना पूरा हुन नदिने दृढता व्यक्त गरे । । जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू प्रेमलाल श्रेष्ठ , राजाराम अर्याल, दिल बहादुर बल, सूर्य थोकर, शान्ती तामाङ लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!