२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

मन्त्री नपाए पछी जनमत असन्तुष्ट, जसपा र नाउपा सहभागी भएनन्

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

(ABC-Sanchar) काठमाडौं । पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन सरकारमा सहभागी जनमत पार्टी विस्तारित मन्त्रिपरिषद्मा कार्यविभाजनलाई लिएर असन्तुष्ट बनेको छ भने मन्त्रालय भागबन्डामा सहमति नजुट्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएन।

‘हिजो (सोमबार) बसेको सत्तागठबन्धन दलको बैठकमा हाम्रा कुरा सुन्नै खोजिएन। उहाँहरूले दिएअनुसारका मन्त्रालय मात्रै हामीले लिनुपर्ने कुरा आयो। त्यसपछि हामी सरकारमा नगएको हो,’ यादवले भने, ‘न्यूनतम साझा कार्यक्रममा हाम्रा कुरा सुन्ने काम भयो। मन्त्रिपरिषद् विस्तार गर्नुअघि पनि हामीसँग छलफल भयो तर हामीले मागेअनुसार मन्त्रालय दिइएन।’ जसपाका लागि भनेर प्रधानमन्त्री दाहालले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका छन्।

त्यस्तै जनतमत पार्टीले पुस ११ गते नै अब्दुल खानलाई सरकारमा पठाएको थियो। उनले सोही दिन मन्त्रीको शपथ लिए पनि जिम्मेवारी पाएका थिएनन्। उनलाई मंगलबार खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। पूर्वसहमतिविपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि खानले पदभार सम्हालेका छैनन्। जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। तर, उक्त मन्त्रालयको जिम्मेवारी एमालेका दामोदर भण्डारीलाई दिइएको छ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि नागरिक उन्मुक्ति पार्टी (नाउपा)पनि सरकारमा सहभागी भएन। नाउपाले जेलमा रहेका पार्टी नेता रेशम चौधरीको रिहाइ भए सरकारमा सहभागी हुने सर्त राखेको छ। दाहाललाई विश्वासका मत दिएका तीन स्वतन्त्र सांसद पनि मन्त्रीका आकांक्षी थिए। तर उनीहरूलाई सरकारमा सहभागी गराइएन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!