१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

दाङ प्रहरीले ब्राउन सुगर सहित लागुऔषध २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९


(सागर थापा)
दाङ । घोराही उप-महानगरपालिका वडा नं.१६ गर्रा चोक स्थित घोराही तुलसीपुर सडक खण्ड सार्वजनिक बाटोमा केही ब्यक्तिहरुले लागुऔषध ब्राउन सुगरको कारोबार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गरी रहेको अवस्थामा तुलसीपुर देखी घोराही तर्फ पैदल हिड्दै आउदै गरेका जिल्ला बाँके साबिक राधापुर गा.बि.स.वडा नं.०१ हाल ऐ.कोहलपुर नगरपालिका वडा नं.०२ बस्ने बर्ष ३६ को उमंग बहादुर शाही र देश भारत उत्तर प्रदेश जिल्ला बहराईच चकियारोड रुपैडिहा बस्ने बर्ष ५२ को समसुललाई संकास्पद अवस्थामा हिडी आउदै गरेको देखी निज दुबै जनालाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक हटाई तौल गर्दा ३७ ग्राम २९ मिलिग्राम सहित फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!