३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

गृहमन्त्री लामिछानेलाई ठुलो चुनौती फरार भएका सबै पुराना आरोपीहरू पक्राउ गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधासहित गृहमन्त्री बनेसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले आफुले हिजो बोलेका शब्द शब्दको हेक्का रहेको बताएका हुन् ।

अपराध गर्ने र भ्रष्टाचार गर्नेको चर्को आलोचना गर्दै आएका लामिछानेले आफु सरकारमा गए त्यस्ता क्रियाकलापमा सम्लग्न कसैलाई पनि कार्बाहीमा छुट नहुने अभिव्यक्ति दिंदै आएका थिए । नयाँ सरकार गठन भएसँगै गृहमन्त्री बनेका लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला आज शनिबार सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पुराना आरोपी समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् ।

आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै गृहमन्त्री लामिछानेले जनताको जीवन बदल्न मेहनत गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, पुराना’फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ।। थोरै पर्खिनु चाहिँ पर्छ!!

कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी-१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए ।

संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

  काठमाडौं । कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत […]

error: Content is protected !!