३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९


(ABC-Sanchar) दाङ । तुलसीपुर रोटरी क्लव अफ तुलसीपुर सिटीले अन्तर रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन २५ र २६ मा आवद्ध क्लवहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । क्लवमा आवद्ध सदस्यहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो । विभिन्न ४ वटा क्लवका विचमा भएको प्रतियोगितामा रोटरी क्लव अफ दाङ प्रथम भएको छ । साथै सो प्रतियोगितामा रोटरी क्लव अफ तुलसीपुर सिटी द्धितिय र रोटरी क्लव अफ धनगढी तेश्रो भएका थियो भने रोटरी क्लव अफ लमहीले सान्त्वना प्राप्त गरेको थियो ।
कार्यक्रममा बोल्दै रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ जोन २६ का असिस्टेन्ट गभर्नर तुफानबाबु श्रेष्ठले रोटा क्विज रोटरीको ज्ञान अभिवृद्धि गर्नका लागि महत्वपूर्ण भएको भन्दै विशिष्ट कार्यक्रम सञ्चालन गरेर तुलसीपुर सिटीले अरुका लागि पनि उदाहरणिय कार्य गरेको बताउनु भयो । कार्यक्रममा रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ रिजन ५ का रोटा क्विज संयोजक गौतम भुषालले विभिन्न पेशा व्यवसायमा नेतृत्व गरेका युवाहरुलाई रोटरीले आकर्षित गरेको भन्दै यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्विज मास्टर मिलन भण्डारीले रोटरीको वास्तविक ज्ञान सबै रोटरियनले जान्नुपर्ने वताउँदै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा आयोजक क्लव तुलसीपुर सिटीलाई धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ धनगढीका अध्यक्ष ठेकेन्द्रराज जोशी, रोटरी क्लव अफ दाङका पुर्व अध्यक्ष चेतनारायण पाण्डे र रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले रोटा क्विज भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष विजय केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु लगायत रोटा क्विजमा भाग लिन आउनुभएका सहभागि सम्पूर्ण रोटरियनहरुलाई क्लवका पुर्व अध्यक्ष विमल रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण क्लबका सचिव मनोज बस्नेतले गर्नुभएको थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीले निरन्तर रुपमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्। मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले […]

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

error: Content is protected !!