२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डीआईजी ज्ञवालीद्वारा १ नम्बर प्रदेशका जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

ABC (क्राईमबिट) बिराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

आज बिहान भएको कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव चुस्त दुरुस्त भई परिचालन हुन निर्देशन दिए ।

निर्देशनको क्रममा उनले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागूऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिएका छन् ।

साथै सङ्गठनको उद्देश्य तथा गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिए । सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ(आफ्नो जिल्लाको बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]