२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सर्ने सम्भावना बढेको छ

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सर्ने सम्भावना बढेको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो ।

तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या पर्ने देखिएकाले कानुन नै संशोधन गरेर चुनाव सार्ने तयारी गरिएको हो । राष्ट्रपतिको निर्वाचन सार्ने विषयमा सत्तारुढ दल र निर्वाचन आयोगबीच छलफल भइरहेको स्रोतले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुनको २८ मा समाप्त हुँदैछ । एक महिनाअघि चुनाव गरिसक्ने व्यवस्थाअनुसार माघको अन्तिमसम्ममा गर्ने सरकारको तयारी थियो ।माघको अन्तिममा राष्ट्रियसभाको खाली रहेको स्थानमा चुनावको तयारी पनि गरिएकाले फागुनमा सार्ने तयारी गरिएको स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!