२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नेपालगन्जमा खोप अभियानकैबीच दादुरा संक्रमितको संख्या बढ्यो

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

बाँकेमा दादुरा संक्रमितको संख्या बढ्दै गएको छ । दादुरा तथा रुबेलाविरुद्धको खोप अभियान चलिरहेकै बेला बाँकेका चार पालिकामा एकैदिन २१ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुराबाट सोमबारसम्म २८६ जना बालबालिका संक्रमित भएका छन् भने एकजनाको मृत्यु भइसकेको छ ।

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी ३० वटा वडा दादुरा फैलिएको छ । संक्रमण तीब्र रुपमा फैलिएपछि बाँकेमा दादुरा रुबेलाविरुद्धको खोपलाई अभियानकै रुपमा अघि बढाइएको छ ।बाँकेमा सोमबारसम्म ६ महिनादेखि १५ वर्षमुनिका ७९ हजार ९३५ बालबालिकालाई दादुरा रुबेलाविरुद्दको खोप दिइएको छ । दादुरा संक्रमित हुनेमा अधिकांश खोप नलगाएका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

error: Content is protected !!