२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अमेरिकामा मंगलबाार दुई स्थानमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

अमेरिकामा मंगलबाार दुई स्थानमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ । गोली प्रहारका घटनामा परि ५ जना गम्भीर घाइते भएका छन्।

अमेरिकी अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको तटीय सहर ‘हाफ मुन बे’ मा गोली प्रहारको घटना भएको हो। यो घटनामा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै अर्को एक घटनामा दुई विद्यार्थी मारिएका छन् । विद्यालयमा चलेको गोली लागेर २ विद्यार्थीको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। यो घटनामा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सान फ्रान्सिस्कोमा गोली प्रहारको तेस्रो घटना भएको छ। उक्त घटनामा मानवीय क्षति बारेको विवरण प्राप्त नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि शनिबार क्यलिफोनियास्थित लस एन्जल्समा भएको गोली प्रहारमा ११ जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न ७२ वर्षीय पुरुषको शव गाडीमा भेटिएको थियो।

अमेरिकामा हरेक दिनजसो गोली प्रहारका घटना हुने गरेका छन्। सन् २०२२ मा गोली प्रहारबाट ४४ हजारभन्दा बढीको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]