२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

अमेरिकामा मंगलबाार दुई स्थानमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

अमेरिकामा मंगलबाार दुई स्थानमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ । गोली प्रहारका घटनामा परि ५ जना गम्भीर घाइते भएका छन्।

अमेरिकी अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको तटीय सहर ‘हाफ मुन बे’ मा गोली प्रहारको घटना भएको हो। यो घटनामा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै अर्को एक घटनामा दुई विद्यार्थी मारिएका छन् । विद्यालयमा चलेको गोली लागेर २ विद्यार्थीको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। यो घटनामा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सान फ्रान्सिस्कोमा गोली प्रहारको तेस्रो घटना भएको छ। उक्त घटनामा मानवीय क्षति बारेको विवरण प्राप्त नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि शनिबार क्यलिफोनियास्थित लस एन्जल्समा भएको गोली प्रहारमा ११ जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न ७२ वर्षीय पुरुषको शव गाडीमा भेटिएको थियो।

अमेरिकामा हरेक दिनजसो गोली प्रहारका घटना हुने गरेका छन्। सन् २०२२ मा गोली प्रहारबाट ४४ हजारभन्दा बढीको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!