ABC (क्राईमबिट) कपिलवस्तु । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको आदेशानुसार ईलाका प्रहरी कार्यालय,कृष्णनगर कपिलबस्तुबाट तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्की काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा “प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औ (PGDPS 13th) समूहमा सहभागि हुन जान लाग्नु भएका प्र.नि. चिरन्जीबी पाण्डेयहरुको व्यक्तिगत एबं व्यवसायिक जीवन सफलताको कामना गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बहादुर बस्नेतले शुभकामना दिदै उक्त कार्यक्रममा कार्यरत सिप्रअ/जुप्रअ/प्रबह/प्रजहरुको उपस्थितीमा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिनुभएको छ ।