०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले गर्‍यो विरोध

Logo
Abc Sanchar प्रकाशित आइतबार, बैशाख २३, २०८१

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् ।

जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् । जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हामी स्पष्ट छौं । नेपालसँगको सीमा समस्या समाधानका लागि छलफल भइरहेको छ । दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ ।नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]