१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

धनुषाबाट पक्राउ परे एक बिचौलिया

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरधपालिका-१६ स्थित कपिलेश्वर बस्ने ३९ वर्षीय दिपक ठाकुर रहेको प्रहरीले जनाएको छ।

नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरूलाई कार्यालयका कर्मचारीहरूसँग आफ्नो चिनाजान रहेकाले छिटो काम गराइदिन्छु भन्दै उनले पैसा उठाएको पाइएको डिएसपी प्रदिप क्षेत्रीले बताए।

२/३ हजारका दरले पैसा माग गरी बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई सेवाग्राहीबाट लिएको पैसा सहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग १५ सय रुपैयाँ लिदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट पक्राउ गरिएको डिएसपी क्षेत्रीले बताए। उनका अनुसार पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!