२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा जङ्गलमा घाँस काट्न जाँदा भालुले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । वडा नं. २ का पूर्व वडाअध्यक्ष तथा माओवादी केन्द्रका नेता राजेश श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीय देउबहादुर बिक र उनकी श्रीमती घाँस काट्न घर नजिकै बनमा जाँदा मंगलबार बेलुका देउबहादुरलाई भालुले आक्रमण गरेर घाइते बनाएको हो ।देउबहादुरलाई भालुले आक्रमण गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको छ । देउबहादुरलाई भालुले टाउकोमा आक्रमण गरेर गम्भीर घाइते बनाएको उनले बताए ।उनीहरू घर नजिकै आँपखोली सामुदायिक वन तिनाउ २ तिनहलेको वनमा जाँदा देउबहादुरलाई भालुले आक्रमण गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर उपचार भइरहेको जानकारी उनको ज्वाइँ शुक्र विकले बताए । विपन्न परिवार भएकाले उपचारमा समेत समस्या रहेको परिवारले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।