२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा जङ्गलमा घाँस काट्न जाँदा भालुले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । वडा नं. २ का पूर्व वडाअध्यक्ष तथा माओवादी केन्द्रका नेता राजेश श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीय देउबहादुर बिक र उनकी श्रीमती घाँस काट्न घर नजिकै बनमा जाँदा मंगलबार बेलुका देउबहादुरलाई भालुले आक्रमण गरेर घाइते बनाएको हो ।देउबहादुरलाई भालुले आक्रमण गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको छ । देउबहादुरलाई भालुले टाउकोमा आक्रमण गरेर गम्भीर घाइते बनाएको उनले बताए ।उनीहरू घर नजिकै आँपखोली सामुदायिक वन तिनाउ २ तिनहलेको वनमा जाँदा देउबहादुरलाई भालुले आक्रमण गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर उपचार भइरहेको जानकारी उनको ज्वाइँ शुक्र विकले बताए । विपन्न परिवार भएकाले उपचारमा समेत समस्या रहेको परिवारले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]

(एबिसि संचार ) बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग […]