११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

दाङमा निशुल्क स्वास्थ्य शिविर हुदै

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

(तुफानबाबु श्रेष्ठ) दाङ । सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएका रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लब अफ तुलसीपुर र आर.सि.सि. भिलेज काशिपुरले संयुक्त रुपमा पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएका छन् ।
माघ १४ गते शनिवार शान्तिनगर गाउँपालिका वडा नम्वर २ सिमसुन्दरपुरमा रहेको वडा भवनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले वताउनु भयो । उहाँले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।
शिविरमा वालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । “ग्रामिण भेगमा रहेका नागरिकहरुले बिभिन्न कारणले रोग लुकाएर राख्ने बानि परेको हुदा हामीले ग्रामिण भेगलाई प्राथमिकतामा राखेका हौ रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीले भन्नु भयो ।
शिविरमा विरामीको स्वास्थ्य परिक्षणसंगै उनीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिने अध्यक्ष केसिले जानकारी दिनुभयो ।”
शिविर विहान १० बजे जेदेखि ३ वजेसम्म सन्चालन हुनेछ । साथै शिबिरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा.लि., चिनारी हस्पिटल प्रा.लि. र बि.आर. डेन्टल हस्पिटल प्रा.लि.को रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!