३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

दोलखाको सीडीओ सरुवा

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह प्रशासन सुधारका लागि प्रमुख जिल्ला अधिकारीहरूको सरुवाका लागि कार्यविधि बनाएर लागू गरे। यो कार्यविधि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक लागू गरिएको थियो।

यो कार्यविधिअनुसार सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुनेगरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको दाबी गरियो। उक्त कार्यविधिअनुसार अब भने कुनै पनि सीडीओले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन्।

तर, गृह मन्त्रालयले कार्यविधिअनुसार गरेको पहिलो सरुवामै यसको कार्यान्वयनभन्दा भनसुन र आफ्ना मान्छे च्याप्ने पुरानै चलनले निरन्तरता पाएको गुनासो गृहका अधिकारीहरूले गरिरहेका छन्।
जसको पछिल्लो उदाहरण वर्गीकरणअनुसार ‘ग’ श्रेणीमा राखिएको दोलखा जिल्लालाई लिन सकिन्छ।

दोलखामा यसअघि सहसचिव प्रजिअ रहन्थे। तर, पछिल्लो १६ महिनादेखि त्यहाँ सहायक सीडीओ उपसचिव दीपक कोइरालाले जिल्ला चलाइरहेका थिए। यो सरुवामा उनले कुनै जिल्लाको नेतृ्रत्व पाउने आशा राखेका थिए। वरिष्ठ उपसचिव कोइराला दोलखामा रहँदा रहँदै गृह मन्त्रालयले उनीभन्दा कनिष्ठ उपसचिव शेखर पौड्याललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठायो। अहिले उपसचिव कोइराला मन्त्रालयमा गृहमन्त्रीको सचिवालयका सदस्य र आफुभन्दा वरिष्ठ अधिकारीहरूलाई भेटेर आफ्नो गुनासो पोखिरहेका छन्।

‘सरुवा कार्यविधिमा टेकेर हुन्छ,’ गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सरुवालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित गर्न कार्यविधि महत्त्वपूर्ण हुने विश्वास छ।’ उनका अनुसार गृहमन्त्री रवि लामिछानेको निर्देशनमा उक्त कार्यविधि बनाई लागू गरिएको छ। यसअघि सरुवा बढुवामा राजनीतिक हस्तक्षेप भएको भनी आरोप लाग्दै आएको थियो। ‘विगतमा धेरै मान्छे एउटै क्षेत्रमा बस्ने अवस्था रह्यो सबैलाई सबै ठाउँको अवसर र अनुभव होस् भन्ने उद्देश्यले कार्यविधि बनाएर लागू गरिएको हो,’ गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।

नेतृत्व, समन्वय, क्षमता, सुरक्षा व्यवस्थासम्बन्धी ज्ञान, स्थनीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी एवं अनुमानयोग्य रूपमा गर्न वाञ्छनीय भएकाले कार्यविधि ल्याइएको गृह मन्त्रालयले जनाएको छ । राजपत्रांकित प्रथम श्रेणीको प्रजिअको हकमा ‘क’ वर्गको जिल्ला, मन्त्रालय, विभाग वा यसअन्तर्गत कम्तीमा एक वर्ष काम गरेको, राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतलाई खटाउनुपर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्यानुभव भएको र कानुनमा स्नाताक तह उत्तीर्ण वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । यस्तै राजपत्रांकित द्वितीय श्रेणीको प्रजिअको हकमा राजपत्रांकित द्वितीय श्रेणीको सहायक प्रजिअ वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ।

यस्तै कानुनमा स्नातक तह उत्तीर्ण भएको वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ। निर्देशिकामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा मन्त्रालय विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम वा द्वितीय श्रेणीका अधिकृतमध्ये वरिष्ठ अधिकृतलाई खटाइने छ। काठमाडौं उपत्यकाका जिल्लामा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रजिअ भई अनुभव हासिल गरेका अधिकृतलाई र प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा यसअन्तर्गत कार्यालय वा प्रजिअ भई कार्य गरिसकेका अधिकृतलाई तथा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने कार्यसम्पादन सम्झौताको मूल्यांकनमा उत्कृष्ट हुने तीन जिल्लाका प्रजिअलाई प्राथमिकता दिइनेछ।

कार्यविधिमा पदस्थापन वा सरुवा नगरिने अवस्थासमेत तोकिएको छ । जसअनुसार विभागीय सजाय पाएका, कारबाही प्रक्रिया सुरु भएकामा नटुंगादाासम्म, कार्यसम्पादन सम्झौतामा ९० प्रतिशतभन्दा कम अंक ल्याई अन्तिम तीनमा रहने जिल्लाका अधिकारीलाई अर्को जिल्लामा जिम्मेवारी नदिइने उल्लेख छ। अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रजिअको रूपमा पदस्थापन सरुवा वा काजमा नखटाइने कार्यविधिको बँुदा ५ (ङ) मा उल्लेख छ। कुनै पनि एक प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा पनि खटाइने छैन। पदस्थापनका लागि जिल्लाको वर्गीकरणलाई आधार मानिने उल्लेख छ।

राजपत्रांकित प्रथम श्रेणीको प्रजिअलाई सरुवा गर्ने प्रयोजनका लागि ६१ जिल्लालाई ‘क’, ‘ख’ र ‘ग’मा वर्गीकरण गरिएको छ । राजपत्रांकित प्रथम श्रेणीको अधिकृतलाई पहिलो पटक प्रजिअको रूपमा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा खटाइने छ। तर, मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्य गरेको अधिकृतलाई क वर्गको जिल्लामा खटाउन बाधा नपर्ने कार्यविधिमा उल्लेख छ। राजपत्रांकित द्वितीय श्रेणीको प्रजिअ रहने जिल्लामा प्रजिअ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतका कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने छ।

‘ग’ वर्गको जिल्लामा प्रजिअ भएको अधिकृतलाई ख र क वर्गको जिल्लामा प्रजिअमा खटाइने छ। इच्छाविपरीत पुनः ग मा खटाइने छैन। कार्यविधिमा ‘क’ वर्गको जिल्लामा भइरहेका अधिकृतलाई तत्काल क वर्गकै अर्को जिल्लामा खटाइने छैन। तर, वार्षिक कार्यसम्पादन सम्झौताको मूल्यांकनमा उत्कृष्ट तीनवटा जिल्लामा प्रजिअलाई ‘क’बाट ‘क’ वर्गकै जिल्लामा खटाउन बाधा नपर्ने उल्लेख छ। सरुवामा गृहसचिव र प्रजिअबीच हुने कार्यसम्पादन सम्झौताको अंकलाई समेत आधार मानिने उल्लेख छ।

कुन जिल्ला कुन वर्गमा?

कार्यविधिमा काठमाडौं, ललितपुर, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देशी र सुनसरीलाई ‘क’ वर्गको जिल्लामा राखिएको छ। यस्तै इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रे, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासीपूर्व र पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, भक्तपुर, बारा, महोत्तरी, रौतहट, सिन्धुपाल्चोक, बाग्लुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिरहा, सिन्धुली र सुर्खेतलाई ‘ख’ वर्गमा राखिएको छ । यस्तै अछाम, अर्घाखाँची, ओखलढुंगा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेलधुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमजुङ, सल्यान र संखुवासभालाई ‘ग’ वर्गको जिल्लामा राखिएको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!