३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

दुर्घटनामा चालकको मृत्यु

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

पाल्पा । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो । दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!