२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा ट्राफिक प्रमुख परियारले दुर्घटना न्यूनीकरण अभियानमा उल्लेख्य भुमिका पुरा गरेर बिदा भए

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रमुख झविन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना काठमाडौं सरुवा भएको छ ।

प्रहरी निरीक्षक परियार गत चैतमा जिल्ला ट्राफिकको प्रमुख भएर आएदेखि नै दुर्घटना न्यूनीकरणका लागि थुप्रै अभियान समेत चलाएका थिए । दाङमा रहंदा सम्म ट्राफिक प्रमुख परियारले सडक दुर्घटना न्यूनीकरणमा एकदमै मन लगाएर काम गरेका छन् । यसैविच, सरुवा भई जान लागेका प्रहरी निरीक्षक परियारले भन्छन् ।

म गत चैतमा कार्यालय प्रमुखको रुपमा आएको थिए । नेतृत्व लिईसकेपछि यहाँको समस्या के हो ? आफुले गर्ने कामहरु के के हुन ? जनताको समस्याहरु कसरी समाधान गर्न सकिन्छ ? भन्ने कुरालाई नै मैले प्रमुखताका साथ् लिएर अघि बढाएको थिए । मुलतः दुर्घटना न्युनिकरण मेरो पहिलो प्राथमिकता थियो । यसका लागी विभिन्न विद्यालय, कलेजमा पुगेर विद्यार्थीलाई तथा सर्वसाधरणमा सचेतनामुलक कार्यक्रमहरु गरेको थिए । जिल्लामा बर्सेनि हुने दुर्घटनाले धेरैको ज्यान जाने थुप्रै उदाहरण थिए , जसले गर्दा ति दुर्घटनामा कमि आएको छ ।

चालकका आँखा जाच्नुका साथै विभिन्न स्थानमा शन्देशमुलक ब्यानर राखेका छौं । यस्तै जिल्लाका १८ युनिटले दैनिक रुपमा सवारी चेकजाँच गर्दै चालकलाई सचेत बनाउने काम भैरहेका छन । फलस्वरुप दुर्घटनाको दर घट्दो क्रममा रहेको छ । अहिलेपनि हाम्रो तथ्यांक हेर्ने हो भने घट्दो क्रममा रहेको छ । जस्तो गएको बर्ष २ सय बढि स्थानमा सवारी दुर्घटना भएका थिए भने अहिले वितेको ६ महिनामा ७० स्थानमा दुर्घटना भएका छन ।

यसका साथै कार्यालयको ब्यवस्थापनको पनि कामहरु भएका छन । ट्राफिक कार्यालयको परीसरमा विभिन्न ब्यक्तिको सहयोगमा दुर्गा भगवती मन्दिर निर्माण गरिएकोे छ । नेतृत्वमा रहदा गर्ने चाहाना भए सम्भव हुँदो रहेछ भन्ने उदाहरण हो जस्तो लाग्छ मलाई । यस्तै भर्खरै मात्रै कार्यालय परीसरमा ७०० बर्ग मिटर कालोपत्रे भएको छ । वर्षायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुँदा घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग बाट कालोपत्रे कार्य सम्पन्न भएको छ ।

प्राङ्गणलाई कालोपत्रे गर्न इन्जिनियरसंग स्टिमेट गराउदा १० लाख बढि लाग्न बताएपछि विभिन्न सहयोगी दाताको सहयोगमा यो काम भएको हो । अहिले कार्यालय परीसर राम्रो भएको छ । यी बाहेक जनताका समस्या समाधान गर्नु त चलिरहने प्रक्रिया हुन ।

यहाँको ट्राफिक व्यवस्थापनमा के चुनौती देख्नुहुन्छ ?
मुख्य कुरा त सडक नै देखीन्छ । बढ्दो सवारी चाप, त्यसमा सडक साँघुरो छ । त्यसमाथि निर्माण हुन लागेको सडकले झनै समस्या देखिएको छ । बजार क्षेत्रमा पार्किङको पनि उत्तिकै समस्या छ । बाटो क्रसका लागि ठाउँ ठाउँमा जेव्राक्रसिङ बनाइएको छ । तर अझै पनि जथाभावि सडक पार गर्ने परीपाटि पनि छ । यसमा सुधार त आउछ नै तर अलिक समय लाग्छ ।

सरुवा भई जाँदा कस्तो महशुस भएको छ ?
होईन, सरुवा त नियमित चलिरहने प्रक्रिया हो । जनताको सेवक भएपछि म जहाँ पनि गएर सेवा गर्नु पर्छ नै । जे होस यहाँ रहंदा मैलै राम्रो गरे जस्तो लाग्छ । बाकि मुल्यांकन त दाङ जिल्लाबासीले ले नै गर्नु हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।