२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

डिआईजी दुर्गा सिंहद्वारा नव प्रवर्तनीय कार्यक्रम-२०७९ को समुद्घाटन सप्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


ABC (क्राईमबिट)
चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रशिक्षणरत प्र.स.नि. आधारभुत तालिम २-१७८ औं समूहका प्रशिक्षार्थीहरुमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटित गराई उनीहरुले आर्जन गर्ने ज्ञानको दाँयरालाई अझ व्यापक बनाउने बढाउने उद्देश्यले आज सरस्वती पूजा (वसन्त पंचमी) को पावन अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूद्वारा ”नव प्रवर्तनीय कार्य-२०७९” को एक समारोहबिच समुद्घाटन गर्नु भयो । यस कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरुलाई ७ वटा सदनमा विभाजन गरी जम्मा १२ वटा विधा (चित्रकला, फोटोग्राफी, फुटबल, भलिबल, बास्केटबल, कबड्डी, वक्तृत्व कला, हाजिरी जवाफ, कविता वाचन, पुस्तक समिक्षा, नृत्य र गायन) हरुमा प्रतिस्पर्धात्मक खेल तथा ईभेन्टको आयोजना हुनेछ । यसरी ७ वटै सदनका प्रशिक्षार्थीहरुले प्रतिश्पर्धात्मक आधारमा भाग लिने १२ बिधाका खेल तथा विभिन्न ईभेन्टहरुमा प्राप्त गरेको अंकको आधारमा बिजेता सदनको चयन गरी बिजेताहरुलाई ट्रफी तथा प्रशंसा पत्र प्रदान गरिनेछ ।

आजको यस भव्य कार्यक्रममा नवप्रवर्तनीय कार्य -२०७९ को उद्देश्य महत्व र ईभेन्ट संचालनका बिषयमा शिक्षालयका उप-निर्देशक प्र.उ. प्रकाश मल्लले बताउनु भएको थियो । कार्यक्रमको समुद्घाटन गर्दै निर्देशक प्र.ना.म.नि.दुर्गा सिंहज्यूले प्रशिक्षार्थीहरुलाई हरेक खेल र ईभेन्टहरुमा दिलोज्यान लगाएर सहभागीता हुनको निमित्त निर्देशन तथा शुभकामना दिदै शिक्षालय भित्र संचालन हुने प्रशिक्षणका हरेक गतिविधिमा आफू लगायत शिक्षालय परिवार प्रशिक्षार्थीहरु संगसंगै हुने कुरामा आश्वस्त पार्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]