२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

डिआईजी दुर्गा सिंहद्वारा नव प्रवर्तनीय कार्यक्रम-२०७९ को समुद्घाटन सप्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


ABC (क्राईमबिट)
चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रशिक्षणरत प्र.स.नि. आधारभुत तालिम २-१७८ औं समूहका प्रशिक्षार्थीहरुमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटित गराई उनीहरुले आर्जन गर्ने ज्ञानको दाँयरालाई अझ व्यापक बनाउने बढाउने उद्देश्यले आज सरस्वती पूजा (वसन्त पंचमी) को पावन अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूद्वारा ”नव प्रवर्तनीय कार्य-२०७९” को एक समारोहबिच समुद्घाटन गर्नु भयो । यस कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरुलाई ७ वटा सदनमा विभाजन गरी जम्मा १२ वटा विधा (चित्रकला, फोटोग्राफी, फुटबल, भलिबल, बास्केटबल, कबड्डी, वक्तृत्व कला, हाजिरी जवाफ, कविता वाचन, पुस्तक समिक्षा, नृत्य र गायन) हरुमा प्रतिस्पर्धात्मक खेल तथा ईभेन्टको आयोजना हुनेछ । यसरी ७ वटै सदनका प्रशिक्षार्थीहरुले प्रतिश्पर्धात्मक आधारमा भाग लिने १२ बिधाका खेल तथा विभिन्न ईभेन्टहरुमा प्राप्त गरेको अंकको आधारमा बिजेता सदनको चयन गरी बिजेताहरुलाई ट्रफी तथा प्रशंसा पत्र प्रदान गरिनेछ ।

आजको यस भव्य कार्यक्रममा नवप्रवर्तनीय कार्य -२०७९ को उद्देश्य महत्व र ईभेन्ट संचालनका बिषयमा शिक्षालयका उप-निर्देशक प्र.उ. प्रकाश मल्लले बताउनु भएको थियो । कार्यक्रमको समुद्घाटन गर्दै निर्देशक प्र.ना.म.नि.दुर्गा सिंहज्यूले प्रशिक्षार्थीहरुलाई हरेक खेल र ईभेन्टहरुमा दिलोज्यान लगाएर सहभागीता हुनको निमित्त निर्देशन तथा शुभकामना दिदै शिक्षालय भित्र संचालन हुने प्रशिक्षणका हरेक गतिविधिमा आफू लगायत शिक्षालय परिवार प्रशिक्षार्थीहरु संगसंगै हुने कुरामा आश्वस्त पार्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

error: Content is protected !!