२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अदालतको आदेशबाट पद गुमाउने पहिलो अधिकारी दोस्रो बादल तेस्रो रवि गृहमन्त्री 

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । रवि लामिछाने सर्वोच्च अदालतको आदेशबाट पद गुमाउने तेस्रो उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पुगेका छन् । यसअघि रामबहादुर थापा ‘बादल’ र खगराज अधिकारी उपप्रधान तथा गृहमन्त्री रहेकै बेला सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका थिए ।

संवैधानिक इजलासबाट नेपालको नागरिकता नै अवैध ठहर भएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रविले शुक्रवार मन्त्री पद गुमाएका छन् ।

केपी शर्मा ओली सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री थापा ‘बादल’ पनि अदालतको आदेशबाट पदमुक्त भएका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको इजलासले २०७८ जेठ ६ मा माओवादी छाडेर एमाले रोजेका उपप्रधानमन्त्री थापासहित सात जना मन्त्रीको नियुक्तिलाई अन्तरिम आदेश दिएर बदर गरेको थियो ।

उक्त आदेशबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री थापासहित उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामासमेतले पद गुमाउन पुगेका थिए ।

०७८ असार ८ गते दुई उपप्रधानमन्त्रीसहित १७ मन्त्री र तीन राज्यमन्त्रीले अदालतको आदेशमा मन्त्री पद गुमाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै मन्त्री नियुक्त गरेका २० जना एकै अन्तरिम आदेशबाट घर गए । जसमध्ये केहीले १३ दिन मात्र मन्त्री हुन पाए ।

यसरी खारेज हुनेमा तीन उपप्रधानमन्त्रीहरूमा गृहमन्त्री खगराज अधिकारी, सहरी विकास मन्त्री राजेन्द्र महतो र परराष्ट्र मन्त्री रघुवीर महासेठ थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!