०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

रवि लामिछाने नागरिकता लिए पछी आजै पार्टी सभापति घोषित हुने

Logo
प्रकाशित आइतबार, माघ १५, २०७९

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि लामिछानेको सांसद, गृहमन्त्री र पार्टी सभापति पद समेत गुमेको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरकिता लिएसँगै उनलाई आजै पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताएका छन् । उनका अनुसार त्यसका लागि अहिले अपरान्ह ३ बजे पार्टीको केन्द्रिय समितिको बैठक बोलाइएको छ ।

उनले भने, ‘नागरिकता लिएर फर्किनेबित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिनेछ ।’ लामिछानेको सबै पद गुमेपछि पार्टीले शनिबार डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति र संसदीय दलको नेता छानेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!