
ABC (क्राईमबिट) दाङ । आज दिउँसो २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँ ओरालोमा ट्याङकर पल्टिएको हो ।
ना ८ ख ०५५३ नं. को ट्याङकर नेपालगञ्जबाट तुलसीपुर स्थित शिवशक्ति पेट्रोल पम्पके लागि २० हजार लिटर डिजेल लिएर आउँदै गरेको थिये । ब्रेक फेल भएर दुर्घटना भएको ट्याङकरबाट डिजल पोखिए पनि मानबिय क्षति भएको छैन् । ट्याङकर चालक कैलाली जिल्ला चुरे गाउँपालिक वडा नं. ३ का २५ वर्षीय देबेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।