२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वडा प्रहरी कार्यालय लमही दाङमा कार्यरत वरिष्ठ सई पुरान मल्लको निधन

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

ABC (क्राईमबिट) दाङ । वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी अधिकृत पुरान मल्लको निधन भएको छ । उहाँ केही समय यता मुटु सम्बन्धिरोगबाट पिडित हुनुहुन्थ्यो ।

घर विदा गएका मल्लको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेजमा पुर्याइएको हो ।

नेपालगन्जमा पुर्याउदा सम्म मल्लको स्वास्थ्य अवस्था जटिल भएकोले नेपालगन्जबाट उपचारका लागि भारतको लखनउ लैजान चिकित्सकले सल्लाह दिएका थिए ।

मल्ललाई लखनउ पुर्याए पनि चिकित्सकले उपचार सम्भव नभएको भन्दै घर लैजान सल्लाह दिएका थिए । घर ल्याउदै गर्दा उहाँको बाटैमा निधन भएको उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिनु भयो ।

सुर्खेत जिल्ला सिम्ता गापा – ९ घर भइ हाल कोहलपुर नपा -१२ चप्परगौडीमा बस्दै आउनु भएका मल्ल एक इमानदार, कर्तव्य पालक, जुनियर प्रहरी अधिकृत हुनुहुन्थ्यो ।

उहाँले २०५८ सालमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गर्नु भएका मल्ल हाल प्रहरी वरिष्ठ नायब निरीक्षक सम्म पुग्न सफल हुनु भएको थियो । उहाँको एक श्रीमती र तीन छोरी हुनुहुन्छ । उहाँको अन्तिम दाहसंस्कार आजै बाँकेको अगैया स्थित राप्ती घाटमा गरिने उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।