२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

धनुषाको जीर्ण पुरानो भवनबाट थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९

ABC (क्राईमबिट) धनुषा । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् । आइतबार राति करिब २ बजेदेखि ४ बजे समयको बीचमा अभियुक्तहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका हुन्। जीर्ण तथा पुरानो भवनमा रहेको थुनुवा कक्षको पर्खाल भत्काएर लागु औषधमा पक्राउ परेका १ जना, हातहतियारमा पक्राउ परेका २ जना तथा अभद्र व्यवहारमा पक्राउ परेका ३ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार लागु औषधमा पक्राउ परका क्षिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा, हातहतियारमा पक्राउ परेका मिथिला नगरपालिका ६ का रोशन साह र शंकर साह तथा अभद्र व्यवहारमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल, रोशन मण्डल र मिथिला नगरपालिका २ का हरिदेव सिंह फरार भएका छन् ।

अभियुक्तहरू फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बेचन यादव उपर आवश्यक अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । उनले भवनको पर्खाल कमजोर भएकै कारण भत्काएर उनीहरू फरार भएको हुनसक्ने बताए । उनीहरूको खोजबिन तीव्र गतिमा भइरहेको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!