१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

निर्वाचन सुरक्षामा खटिएको प्रहरीले बोकेको सटगनबाट गोली पड्किँदा मतपेटिकामा क्षति,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २१, २०८२

उदयपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको केही समयमै प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७:१० बजेतिर प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो। गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ। मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले गोली लागेर मतपेटिका क्षतिग्रस्त भए पनि अन्य भौतिक वा मानवीय क्षति नभएको जानकारी दिएका छन्। प्रहरीले यो घटनालाई ‘दुर्घटना’ को रूपमा लिएको छ र मानवीय त्रुटिका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]