२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कास्कीमा निर्वाचनको समयमा बिना पास गुड्ने ८३ वटा सवारीसाधनहरु नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २१, २०८२

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन तोकिएको मापदण्ड विपरीत सवारी चलाएको पाइएपछि प्रहरीले कडाइ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहानसम्ममा विभिन्न स्थानबाट ७७ वटा दुई पाङ्ग्रे र ६ वटा चार पाङ्ग्रे सवारी साधन गरी कुल ८३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

प्रहरीले मतदानको दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई सडकमा गुड्न रोक लगाएको थियो। नियन्त्रणमा लिइएका यी सवारी साधनहरूलाई निर्वाचन सम्पन्न भएपछि मात्रै आवश्यक प्रक्रिया पुर्‍याएर छोडिने प्रहरीले जनाएको छ।जिल्लाका मुख्य चोकहरू र ग्रामीण भेगका सडकहरूमा समेत प्रहरीले बिहानैदेखि कडा निगरानी बढाएको छ। निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदातालाई निर्धक्क भई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन सवारी आवागमनमा कडाइ गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]