२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राष्ट्रिय स्वतन्त्र पार्टी या रविलाई पनि गृह मन्त्रालय नदिने’ प्रधानमन्त्री दहाल

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन नसकिने बताएका छन् ।

मंगलबार बिहानको भेटवार्तामा रास्वपाका सभापति रवि लामिछानले गृह मन्त्री बनाउन आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले सो जवाफ दिएका हुन् । बालुवाटार स्रोतका अनुसार प्रचण्डले रविलाई नभई उनको पार्टी रास्वपालाई नै गृह मन्त्रालय नदिने बताएका छन् ।

पुस ११ गते प्रचण्ड नेतृत्वको सरकारमा गृह मन्त्रीको शपथ खाएका लामिछानेको शुक्रबार नागरिकता सर्वोच्चले अवैध ठहर गरेपछि पदमुक्त भएका थिए । तर, आइतबार पुनः नेपाली नागरिकता लिएसँगै उनी गैरसांसदका रुपमा पुरानै जिम्मेवारीमा फर्किने दाउमा छन् ।

लामिछानेको नागरिकता तथा राहदनी विवादका कारण नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!