०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

दूधको मूल्य बढाउन किसानको माग

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

(ABC-Sanchar) काठमाडौं । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसँग आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाए ।

चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाई भैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ । अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको सङ्घका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताए ।

उनले उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रतिलिटर दूधमा रु आठदेखि दश घाटा बेहोर्नुपरेकाले हामीले सरकारलाई दूधको मूल्य बढाएर प्रतिलिटर न्यूनतम रु ७० बनाउन माग गरे । पछिल्लो समय सरकारले विसं २०७८ माघ १६ गते दूधको मूल्य बढाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको […]

दाङ । बिजौरी तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित भोजपुर चोकमा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ कार्यक्रम राखिएको थियोे । विशेष गरेर आउदै गरेको हरीतालिका तिजको अवसर पारेर तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा कुनै पनि कमाण्डर कारबाहीको भागिदार  हुने चेतावनी दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमाक्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा […]

error: Content is protected !!