२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गोरखाका सिडिओ लालबाबु कवारीमाथि सिआइबीले थाल्यो अनुसन्धान

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एक सिडिओमाथि छानबिन थालेको छ । सशस्त्र समूहसँग मिलेर फिरौती असुलीको प्रयास गरेको भिडियो भेटिएपछि छानबिन सुरु भएको हो ।

सिराहाबाट गोरखा सरुवा भएका सिडिओ लालबाबु कवारीमाथि यस्तो छानबिन सुरु भएको हो । पैसा मागेको भिडियो मन्त्रालयमा रहेको खुलेपछि उनको सरुवा रद्द भइसकेको छ ।

स्रोतका अनुसार सो भिडियोमाथि छानबिन गर्न गृहले सिआइबीलाई जिम्मा दिएको छ । राजनीतिक दबाब नआएमा सिआइबीले कवारीलाई पक्राउ गर्न सक्ने आधार छ । किनकि, अडियो र भिडियोमा उनले पैसा मागेको प्रष्ट छ । सशस्त्र समूहले कब्जा गरेको जग्गा खाली गराउन सोही समूहसँग मिलेर फिरौती असुल्न खोजेको उजुरी उनीमाथि छ ।


करिब ६ महिनाअघि नै त्यो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा परेको थियो । आयोगले त्यो विषयमा गृहलाई नै छानबिन गर्न भनेको थियो । गृहको सेटिङवाला सिडिओ भएकाले मन्त्रालयले छानबिनमा चासो दिएको थिएन ।

उक्त फाइल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो । जहाँ तत्कालिन गृहमन्त्री बालृकष्ण खाणका खासमान्छे एसएसपी जनक भट्टराई प्रमुख थिए । उनले पनि निर्देशन त्यत्तिकै थन्काएर राखेका थिए । अहिले सो कुरा पत्ता लागेपछि विस्तृत छानबिन अघि बढेको हो । तर, कवारी माओवादी नेताहरू समाएर छानबिन रोक्न दौडधुपमा लागिसकेका छन् । उनी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]