०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

गोरखाका सिडिओ लालबाबु कवारीमाथि सिआइबीले थाल्यो अनुसन्धान

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एक सिडिओमाथि छानबिन थालेको छ । सशस्त्र समूहसँग मिलेर फिरौती असुलीको प्रयास गरेको भिडियो भेटिएपछि छानबिन सुरु भएको हो ।

सिराहाबाट गोरखा सरुवा भएका सिडिओ लालबाबु कवारीमाथि यस्तो छानबिन सुरु भएको हो । पैसा मागेको भिडियो मन्त्रालयमा रहेको खुलेपछि उनको सरुवा रद्द भइसकेको छ ।

स्रोतका अनुसार सो भिडियोमाथि छानबिन गर्न गृहले सिआइबीलाई जिम्मा दिएको छ । राजनीतिक दबाब नआएमा सिआइबीले कवारीलाई पक्राउ गर्न सक्ने आधार छ । किनकि, अडियो र भिडियोमा उनले पैसा मागेको प्रष्ट छ । सशस्त्र समूहले कब्जा गरेको जग्गा खाली गराउन सोही समूहसँग मिलेर फिरौती असुल्न खोजेको उजुरी उनीमाथि छ ।


करिब ६ महिनाअघि नै त्यो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा परेको थियो । आयोगले त्यो विषयमा गृहलाई नै छानबिन गर्न भनेको थियो । गृहको सेटिङवाला सिडिओ भएकाले मन्त्रालयले छानबिनमा चासो दिएको थिएन ।

उक्त फाइल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो । जहाँ तत्कालिन गृहमन्त्री बालृकष्ण खाणका खासमान्छे एसएसपी जनक भट्टराई प्रमुख थिए । उनले पनि निर्देशन त्यत्तिकै थन्काएर राखेका थिए । अहिले सो कुरा पत्ता लागेपछि विस्तृत छानबिन अघि बढेको हो । तर, कवारी माओवादी नेताहरू समाएर छानबिन रोक्न दौडधुपमा लागिसकेका छन् । उनी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!